चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक

Wednesday January 22, 2025

पढ्न लाग्ने समय :


नेपाली चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । मंगलवार एक कार्यक्रमबीच दाङमा चलचित्रको गीत सार्वजनिक गरिएको हो । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रको गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाईं र अभिनेता समिम खान फिचर्ड छन् ।

विवाहको परिवेशमा गीत तयार पारिएको छ । गीतमा विवाहको बिदाईको क्षणलाई देखाइएको छ । यस गीतमा दीक्षित पौडेल र समीरा थपलियाले स्वर दिएका छन्। गीतका शब्द दयाराम पाण्डे र निर्देशक भट्टराईले लेखेका हुन्। संगीत संयोजन शम्भुजित बास्कोटाको हो । भिडिओको कोरियोग्राफर पनि निर्देशक दीवाकर भट्टराई स्वयं हुन् । फिल्ममा पल, दीपिका र समिमसँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, राजाराम पौडेल, रमा प्रसाईं लगायतको अभिनय छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।