चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

Saturday April 27, 2024

पढ्न लाग्ने समय :


भोजपुर । भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौले जितको छ ।

भोजपुर फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मीलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै चर्च व्वाईजले उपाधी उचालेको हो ।

हाफ टाईमको पहिलो खेलमा चर्च व्वाईजका जर्सी नं १२ का अरमन्दले १८ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै आर्मीको तर्फबाट जर्सी नंं ५९ का अनिल बम्जनले ५० औँ मिनेटमा जवाफी गोल फर्काएर खेललाई बरावरी बनाएका थिए ।

खेल बरावरी भएसंगै खेल निकै आक्रमक बनेको थियो । खेल निकै आक्रमक बने खेलको निर्धारित समय सम्म पनि एक एक गोल वोहेक कुनै गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको थियो ।

यस्तै ¬व्यक्तिगत विधातर्फ म्यानअफ द म्याच र वेष्ट किप्पर चर्च व्याइचका दिप कार्की, वेष्ट कोज रमेश दंगाल, सर्वोकृष्ट खेलाडी सुदिप गुरुङ घोषित भए । प्रतियोगिताको विजेता चर्च ब्वाइजले ट्रफी सहित नगद रु ५ लाख प्राप्त गरेका छन् भने उप–विजेता त्रिभुवन आर्मीले ट्रफी सहित नगद रु ३ लाख पाएका छन् ।

बैशाख ९ गतेबाट सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका थिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।