चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाउन जनप्रतिनिधि अग्रसर

Saturday February 25, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । विस्तारित काठमाडौँलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ त्यहाँका जनप्रतिनिधि अग्रसर भएका छन् । सो नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने सोँचका साथ नगरपालिका अगाडि बढेको जानकारी दिए।

स्थानीय ऋचा सह शिक्षा सदनको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौँ उपत्यकाभित्र शैक्षिक केन्द्रका रुपमा नगर क्षेत्रलाई विकास गर्ने योजनाका साथ आफूहरू लागिपरेको बताए। शैक्षिक क्षेत्रलाई जनउपयोगी एवं बहुउपयोगी बनाउनका लागि यस क्षेत्रमा आबद्ध भएका सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग जरुरी रहेको भन्दै नगर प्रमुख गिरीले कोरा शैक्षिक ज्ञानभन्दा पनि विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने बताए।

नगरप्रमुख गिरीले शिक्षक, अभिभावकको सार्थक साथ र सहयोग रहेमात्रै मुलुकले अपेक्षा गरेको जनशक्ति उत्पादन हुनसक्ने उल्लेख गरे । कार्यक्रममा नगरका उपप्रमुख वसन्ती श्रेष्ठले नगरपालिकाभित्र रहेका आर्थिकरूपमा कमजोर छोरी बुहारीलाई उच्च शिक्षाका लागि सहयोग उपलब्ध गराइने बताए। उनले कुनै पनि छोरीबुहारी पढ्न पाइएन भनेर बस्नु नपर्ने भन्दै नगरपालिकाकोतर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने उल्लेख गरे ।

यस्तै शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाको तर्फबाट चरणवद्धरुपमा योजना अगाडि सारिएको र त्यसलाई व्यावहारिक कार्यान्वयन गरिने बताए। सो विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज खड्काले ठूलो मेहनतका साथ शैक्षिक क्षेत्रमा केही गरौँ भन्ने सोच राखेर आफूहरू ज्ञान बाँड्न अग्रसर रहेको बताए।

उनले आफ्नो सानो प्रयासलाई यस क्षेत्रका अभिभावक र विद्यार्थीले साथ दिएकामा प्रसन्नता व्यक्त गरे । सो अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगरप्रमुख गिरीले सम्मान गरेका थिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।