घोडाघोडी मन्दिरमा रेलिङ

Tuesday April 14, 2026

पढ्न लाग्ने समय :


धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा थुप्रै विकास निर्माणका काम भएका छन् ।
ठुला–ठुला योजनामा बजेट छुट्याइ काम भए पनि हेर्दा सानो लाग्ने समस्यासँग जोडिएको क्षेत्रमा हालै युवाहरूले नमुनायोग्य काम गरेका छन् ।
घोडाघोडी तालसँगै जोडिएको घोडाघोडी मन्दिर सबैको धार्मिक आस्थाको केन्द्र हो । यहाँ विभिन्न पर्व तथा विशेष दिनमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । मन्दिर प्रवेशद्वारबाट मन्दिरसम्म पुग्ने सिढींमा रेलिङ नहुदा बृद्ध, महिला, बालबालिकालाई असहजता थियो । सोही बाध्यतालाई मध्यनजर गर्दै यहाँका युवाको सक्रियतामा सिढींमा रेलिङ लगाउने काम भएको छ ।
रेलिङ निर्माणमा स्थानीय नबीन क्षेत्री, राम पौडेल र नारायण आचार्यको महत्त्वपूर्ण भूमिका रहेको छ । सामाजिक सञ्जालबाट स्वच्छैकि सहयोग आव्हान गरेर अपुग रकम आफूहरूले थप गरेर रेलिङ निर्माण गरेको नारायण आचार्यले बताए।
घोडाघोडी तालमा फोटोग्राफरको रूपमा काम गर्ने आचार्यले सबैको सानो–सानो सहयोगले उदाहरणीय काम गर्न सकिने उल्लेख गर्दै मन्दिर क्षेत्रलाई सरसफाई, रङरोगन गर्दै नयाँ वर्षलाई स्वागत गर्न थालेको बताए।
उनले घोडाघोडीमा आउने पर्यटकका लागि मन्दिर दर्शन गर्न सहजताका लागि आफूहरूले रेलिङ निर्माण गरेको बताए । पछिल्लो समय घोडाघोडीका युवाहरू घोडाघोडी युवा युनिटी नामक सञ्जाल बनाएर सामाजिक कार्यमा जुट्न थालेका छन् ।
हातमा भएको मोबाइललाई सही रूपमा प्रयोग गर्दै दुःखमा परेकाहरूका लागि सहयोग जुृटाउनेदेखि सरसफाइ, लागु औषध दुव्र्यसनविरुद्धका अभियानमा उनीहरू सक्रिय हुन थालेका हुन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।