‘घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गरौँ’

Saturday January 18, 2025

पढ्न लाग्ने समय :


घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।वागमती प्रदेशको राजधानी हेटौंडामा बिहीवार र शुक्रवार चलेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले घरजग्गा व्यवसायलाई उत्पादनमुलक र पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले घरजग्गा महासंघले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी रियल स्टेट व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडामा अब पनि निजी क्षेत्रलाई समेटेर लगानी प्रवद्र्धन गर्न नसके वागमती प्रदेशको राजधानी नाम मात्रैको राजधानी हुने बताउनु भयो । उहाँले स्थानीय सरकार निजी क्षेत्रलाई लगानी प्रवद्र्धनका लागि आवश्यक वातावरण सिर्जना गर्न तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई हेटौंडामा समेट्न नसके हाम्रो प्रदेशको राजधानी नामको मात्रै राजधानी रहनेछ । स्थानीय सरकारले जनतालाई सेवा दिने भएकाले स्थानीय सरकारले दुःख दिने सवाल नै हुँदैन । के सहयोग गर्नुपर्छ हामी गर्नेछौँ ।’

कार्यक्रममा बोल्दै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अपार्टमेण्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गर्ने अवधारणासहित आफूहरु हेटौँडा पुगेको बताउनु भयो । उहाँले प्रदेश र स्थानीय सरकारले महासंघका अवधारणा स्वीकार गर्ने र सहयोग गर्ने भनिसकेको भन्दै अब हेटौंडामा जग्गा तथा आवासमा लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राम्रो काम गरे सबैले साथ दिने भएकाले व्यवस्थित शहर बनाउन सबै लाग्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
उहाँले भन्नुभयो, ‘अपार्टमेण्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गरौँ भन्ने अवधारणाका साथ हामी आएका छौँ । धेरै साथीहरु, स्थानीय तह, प्रदेश सरकार सबैले हामीलाई तपाईंहरुको भिजनलाई स्वीकार गर्छौं, सहयोग गर्छौं भन्ने आश्वासन दिनुभएको छ । भोलिका दिनमा हाम्रा कुराहरु मिल्यो भने हामीले बजार क्षेत्रमा अपार्टमेण्ट र बजार भन्दा दुई÷चार किलोमिटर वरपर हाउजिङ र त्यस भन्दा १०÷१२ किलोमिटर पर ल्याण्डपुलिङ गरेर राम्रा र व्यवस्थित शहर बनाउने अवधारणाका साथ आएका छौँ । हामीलाई कसैले के भन्छ, कसैले के भन्छ होइन । अब हामीले काम गरेर देखाउने हो । काम गरेपछि कसैले केही भन्दैन । राम्रा काम गर्नुपर्छ, सबैले राम्रो भन्छ ।’

हेटौँडालाई नमूना शहरको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।