गोदावरीमा भीरबाट टेम्पो खसाल्ने कर्मचारीहरु ५ लाख तिरेर छुटे

Wednesday June 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ । भिरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई ५ लाख क्षतिपूर्ति वापतको रकम दिएपछि विवाद टुंग्गिएको हो ।
धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सवडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा पनि थुनामुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई ७/७ हजार धरौटीमा छाडेको हो । धामी टेम्पाको क्षतिपूर्ति र अतिक्रमण हटाउने अभियानका क्रममा वन कार्यालयले भत्काएको घर बनाइदिनुपर्ने भन्दै प्रहरी र स्थानीय प्रशासन धाइरहेकी थिइन् ।
वनका कर्मचारीले उनलाई क्षतिपूर्ति वाफत भन्दै पाँच लाख रुपैयाँ दिएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा उनीहरूबीचको विवाद समेत टुंग्गिएको छ । वन कर्मचारीले भीरमा फालेको सुपप्र ०१००१ ह ३१८० नम्बरको टेम्पो भने गरिमा विकास बैँकको नाममा रहेको पाइएको छ ।
कैलालीकै गोदावरीका कृष्णबहादुर थापाले गरिमा विकास बैँकबाट ऋण काढेर टेम्पो खरिद गरेका थिए । टेम्पोको सबै ऋण चुक्ता भइसके पनि नामसारी नगरिएका कारण सवारीधनी बैँक नै रहेको छ । धामीले उक्त टेम्पो गोदावरीका एक स्थानीयबाट खरिद गरेको बताएकी छन् ।
टेम्पो भिरमा फालिएको घटनापछि डिभिजन वन कार्यालय धनगढीको अतिक्रमण हटाउने अभियान विवादमा परेको थियो । अतिक्रमण हटाउँदा वन कर्मचारी नै प्रहरी हिरासतमा पुगेपछि अभियान प्रभावित भएको छ ।


भर्खर

गोदावरीमा भीरबाट टेम्पो खसाल्ने कर्मचारीहरु ५ लाख तिरेर छुटे

धनगढी : कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान

कञ्चनपुरमा १८७ मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन

कञ्चनपुरः कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ । यहाँका सात स्थानीय

कैलालीमा खडेरीले नदीनाला सुके

धनगढी : कैलालीका नदीनाला लामो समयसम्म पानी नपरेपछि सुक्न थालेका छन् । जिल्लाको भजनी क्षेत्रमा बर्सेनि