गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको विषयमा उच्चस्तरीय छलफल

Wednesday February 25, 2026

पढ्न लाग्ने समय :


धनगढी : सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा चाँडै सञ्चालन गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ।

सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने लक्ष्य राखिएको विश्वविद्यालयका पदाधिकारीहरूसँग मुख्यमन्त्री कमलबहादुर शाहले परामर्श गरेका हुन्।

विश्वविद्यालय सञ्चालनका सन्दर्भमा भएको छलफलका क्रममा उनले यो विश्वविद्यालय सञ्चालनमा आएमा यस क्षेत्रका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘प्रदेशका जनतामा स्तरीय स्वास्थ्य सेवा पु¥याउन यो विश्वविद्यालयलाई अविलम्ब सञ्चालनमा ल्याउनुपर्छ।’

मुख्यमन्त्री शाहले विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ। उनले यो संस्था प्रत्यक्ष रूपमा जनताको स्वास्थ्य र शिक्षासँग जोडिएकाले यसलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन्।

छलफलमा विश्वविद्यालयको पूर्वाधार विकास, व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारका विविध पक्षबारे विचार विमर्श भएको थियो। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनीलकुमार जोशी, रजिस्ट्रार प्रा. डा. खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।