गुरुङ समुदायले मनाए मेँ त्हँले

Monday March 25, 2024

पढ्न लाग्ने समय :


मुग्लिन (चितवन) । गुरुङ समुदायले  मेँ त्हँले (धनुष वाण विद्या) पर्व मनाएका छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुषवाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा मेँ त्हँले (धनुष वाँण विद्या) पर्व आइतबार विभिन्न कार्यक्रम गरी देशभरका गुरुङ समुदायले मनाएका हुन् ।

यसैबीच चितवनका गुरुङ समुदायले नारायणी नदी किरनारमा जारी आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सवस्थल परिसरको गुरुङ घर प्राङ्गणमा धुमधामसँग यो पर्व मनाएका छन् ।

विगत वर्ष झैँ यस वर्ष पनि गुरुङ समुदायको धार्मिक संस्था ‘तमू प्ये ल्हु’ सङ्घ चितवनको आयोजनामा धनुषवाण प्रतियोगिता गरी मेँ त्हँले पर्व मनाएको सङ्घका जिल्ला अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

उनका अनुसार यो पर्व हरेक वर्ष फागुपूर्णिमाको तिथिमा पर्छ । यो पर्वको दिन धनुषवाण हान्ने, वर्छा हान्ने, छेलो फाल्ने, कुस्ती खेल्नेजस्ता खेलको आयोजना गरिन्छ । त्यसैगरी खुकुरीजस्ता घरेलु हतियारको विधिवत् पूजा गरी खेल सुरु गरिन्छ ।

सिकारीयुगमा धनुषबाणको आवश्यकता र महत्व धेरै थियो । आदिमकालमा गुरुङहरुको   महागुरुबाट शक्तिबाण (गुरुबाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रुपमा यो पर्व मनाइँदै आएको छ ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका