गुणस्तर सुधार्न गलकोटमा विद्यालय ‘मर्ज’ र तह मिलान

Wednesday February 7, 2024

पढ्न लाग्ने समय :


बलेवा (बागलुङ) ।  बागलुङको गलकोट नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय एकापसमा गाभेको (मर्ज) गरेको छ । चालु वर्षमा गलकोटका दर्जन विद्यालय मर्ज र तह मिलान भएका छन् । गाभिएकामध्ये वडा नम्बर ७ को झिर्कामा रहेको आधारभूत विद्यालय अहिले कक्षा ३ सम्म चलेको छ ।

यहाँका विद्यार्थीलाई कक्षा ४ देखि जनहित मावि मल्ममा आउनुपर्छ । नगरपालिकाले गाडीको व्यवस्थापन गरेर आउने जाने गराएको छ । वडा नम्बर १० को ढु्ङ्गेल प्रावि बन्द भयो । पाण्डवखानी माविमा पढ्न आउनुपर्छ ।

 

विद्यार्थी शून्य नजिक पुगेकाले विद्यालय मर्ज गर्नुपरेको नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले बताए । वडा नम्बर ७ कै देउराली प्रावि बन्द गरियो । त्यहाँ पढ्ने १५ विद्यार्थी पनि जनहित मावि मल्म गए । वडा नम्बर २ को चौराहा आधारभूत विद्यालय बन्द गरेर चौराहा माविमा समावेश गरियो ।

सापकोटाका अनुसार गत वैशाखदेखि पाँच विद्यालय मर्ज गरिएको हो भने ७ विद्यालयको तह मिलान गरियो । केही हिँड्नुपर्ने बाध्यता भएका बालालिकालाई नगरपालिकाले खाजा खर्च दिन थालेको छ । विद्यालय बन्द हुँदा शिक्षक जगेडा भए । त्यसपछि नगरपालिकाले ती शिक्षकलाई आवश्यकताको आधारमा स्थानान्तरण गराएको छ ।

‘दरबन्दी नभएर निजी स्रोतमा राखेका विद्यालयले शिक्षक पाएका छन्,’ सापकोटाले भने, “अभिभावकको अनावश्यक खर्च जोगियो ।” निजी स्रोतको शिक्षक राखेका जनहित, चौराहा र पाण्डवखानी मावि विद्यालयलाई सहज भएको अभिभावकहरुले बताए ।

विद्यालय मर्ज गर्दा गुणस्तर सुधारमासमेत सहज भएको सापकोटाको भनाइ छ । “आवश्यक शिक्षक ‘कोटा’ पुगेपछि हामीले गुणस्तर सुधारका कार्यक्रम ल्याउन पाएका छौँ’  उनले भने,” शिक्षकका लागि मासिक रकम बुझाउने अभिभावकहरुले गुणस्तर सुधारका लागि खुसीले साथ दिन पाएका छन् ।’ विद्यालयको तह मिलान गर्दा पनि आर्थिक भार कम भएको जनहित माविका अभिभावक ज्ञानबहादुर थापाले बताए ।

अब गलकोटमा १३ माविसहित ६२ सामुदायिक विद्यालय छन् । विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ भएमा १५ जना, १–५ भए २५, ६–८ भए २१, ९–१० भए २५ र ११–१२ मा पनि २५ जना विद्यार्थी न्यूनतम चाहिने मापदण्ड छ । बागलुङ नगरपालिकाले पनि ‘बिग स्कुल’को मापदण्ड बनाएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए।

आगामी शैक्षिक सत्रमा मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालय मर्ज गर्ने तयारी भएको हो । बागलुङ नगरपालिकाभित्र एक सय ४ विद्यालय छन् । यो सङ्ख्या नेपालका सबै पालिकाको भन्दा धेरै हो । कतिपय विद्यालयमा विद्यार्थी न्यून भएकाले मर्जको अवस्था ल्याउनै पर्ने आवश्यकता भएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

‘बरु एउटा राम्रो र आवासीय विद्यालय बनाऔँ भन्ने छ,’ श्रेष्ठले भने, “वैशाख सम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।” गाउँ छाडेर बजार र तराई झर्ने क्रमले गाउँघरका विद्यालयमा विद्यार्थी न्यून भएका हुन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।