गुणस्तरीय शिक्षा राज्यको उच्च प्राथमिकतामा हुनुपर्छ : डा राणा

Sunday March 12, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिएकी छन् । काठमाडौँको बाँसबारीमा युलेन्सको स्कुलको दोस्रो युनिटको उद्घाटन गर्दै उनले भनिन्, “देश विकासको मेरुदन्ड शिक्षाको विकास हो, त्यसैले नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने काम राज्यको उच्च प्राथमिकतामा पर्नुपर्दछ ।”

युलेन्स स्कुल व्यवस्थापन समितिकी अध्यक्षसमेत रहेकी राणाले नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले १७ वर्षअघि युलेन्स स्कुलको स्थापना गरिएको जानकारी दिँदै यस विद्यालयका बालबालिकाका अभिभावक, कर्मचारी, युलेन्स फान्डेशनलगायत सबैको मेहनतले यो दोस्रो युनिट बाँसबारीमा सुरु गर्न लागिएको बताइन् ।

बाँसबारीमा रहेको उक्त स्कुलले कक्षा १ देखि ८ कक्षासम्मको पठनपाठन यसै शैक्षिकसत्रदेखि सञ्चालन गर्ने भएको जानकारी पनि सोही अवसरमा दिइएको थियो । सो कार्यक्रममा चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गुणस्तीय शिक्षामा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

युलेन्स एजुकेशन फाउन्डेशनका अध्यक्ष सोम पनेरुले नेपालमा गुणस्तरीय शिक्षामा सबैको पहुँच दिलाउने उद्देश्यले लामो समयदेखि युलेन्स स्कुलले सेवा गरिरहेको बताए । गैरनाफामूलक शिक्षण संस्थाका रुपमा नेपालको गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने उद्देश्यले परोपकारी गाइ र मरियम युलेन्स दम्पतीले सन् २००६ मा निश्चित रकम आर्थिक सहयोग गरेर स्कुल सञ्चालन भएको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।