गाजा युद्धविराममा इजराइल र हमास ‘सम्झौता नजिक नरहेको’ कतारको भनाइ

Tuesday March 12, 2024

पढ्न लाग्ने समय :


दोहा । इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ । उसले स्थिति ‘अत्यन्त जटिल’ बनेको चेतावनीसमेत दिएको छ ।

अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा धेरै साता वार्ता भए पनि मुसलमानहरूको पवित्र महिना रमजान सोमबार व्यापकरूपमा अपेक्षित युद्धविराम र बन्धक आदानप्रदानबिना सुरु भयो ।

“हामी कुनै सम्झौताको नजिक छैनौँ, यसको अर्थ सम्झौताको कार्यान्वयनमा विद्यमान असहमतिको समाधान गर्न सकियोस् भन्ने भाषामा दुवै पक्षले बोलेको हामीले देखिरहेका छैनौँ”, कतारी विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले पत्रकार सम्मेलनमा भने, “सबै पक्षले रमजानको सीमिततामा आशावादीरूपमा कुनै सम्झौतामा पुग्नका लागि वार्ता जारी राखेका थिए ।” यद्यपि उनले कुनै पनि सम्झौतामा ‘कुनै समयसीमा प्रस्ताव’ गर्न नसकिने बताए ।

इजराइली आधिकारिक आँकडाअनुसार अक्टोबर ७ मा हमासले इजराइलमाथि गरेको आक्रमणमा इजराइलमा करिब एक हजार एक सय ६० जनाको मृत्यु भएको थियो र तिनीहरूमा अधिकांश सर्वसाधारण रहेका थिए । हमासका लडाकूले करिब दुई सय ५० जनालाई बन्धकसमेत बनाएका थिए । तीमध्ये दर्जनौँलाई नोभेम्बरमा एक साताको युद्धविराममा रिहा गरिएको थियो । इजराइलका अनुसार गाजामा ३१ शवसँगै ९९ बन्धक जीवित छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी बमबारी र स्थल आक्रमणमा ३१ हजार एक सय १२ प्यालेस्टिनी मारिएका छन् । मारिनेमा अधिकांश महिला तथा बालबालिका छन् ।

यसअघि कतारले नोभेम्बरको अन्त्यमा युद्धमा एक साताको विरामको मध्यस्थता गरेको थियो । युद्धविरामसँगै ठूलो सङ्ख्यामा इजराइली र विदेशी बन्धकलाई रिहा गरिएको थियो भने घेरामा परेको प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न सहयोग प्राप्त भएको थियो ।


भर्खर

गोदावरीमा भीरबाट टेम्पो खसाल्ने कर्मचारीहरु ५ लाख तिरेर छुटे

धनगढी : कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान

कञ्चनपुरमा १८७ मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन

कञ्चनपुरः कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ । यहाँका सात स्थानीय

कैलालीमा खडेरीले नदीनाला सुके

धनगढी : कैलालीका नदीनाला लामो समयसम्म पानी नपरेपछि सुक्न थालेका छन् । जिल्लाको भजनी क्षेत्रमा बर्सेनि