गणेशमान सिंह टि ट्वान्टी राष्ट्रिय क्रिकेट : मधेसमाथि गण्डकीको जित

Thursday April 18, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । राजधानीमा जारी वीर गणेशमान सिंह टि ट्वान्टी राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले मधेस प्रदेशलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा गण्डकीले मधेस प्रदेशलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

यस जितसँगै गण्डकीले तीन खेलमा दुई अङ्क बटुलेको छ । यसअघि गण्डकी लुम्बिनीसँग सात विकेट र बागमती प्रदेशसँग ६७ रनले पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा पराजित भएको मधेसको समान तीन खेलबाट चार अंक रहेको छ । मधेशले बागमतीलाई ६ विकेट र लुम्बिनीलाई २७ रनले हराएको थियो ।

आजको खेलमा मधेसले गण्डकीलाई जितको लागि एक सय तीन रनको लक्ष्य दिएको थियो । जवाफमा गण्डकीले १६ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ५१ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ४९ रन बनाएका हुन् । यसैगरी ईश्वर क्षेत्रीले ३२ रन बनाए भने दीपक डुम्रेले ११ रन जोडे ।

मधेसका लागि विशाल पटेलले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०२ रनको योगफल बनाएको थियो । उसका लागि विशाल शुस्लिंगले २४ रन बनाए भने विशाल पटेलले २२ रन जोडे । त्यसैगरी मायन यादवले १८, प्रदीप पासवानले १४ तथा अर्निको यादवले १३ रन बनाए ।

गण्डकीका लागि कप्तान विपीन खत्रीले चार विकेट लिँदा सुवास भण्डारीले दुई विकेट झारे । त्यस्तै कमल परियार र सन्दीप क्षेत्रीले समान एक एक विकेट लिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।