खोटाङ हेलिकप्टर दुर्घटना, घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

Wednesday March 18, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : खोटाङमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक यात्रुलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

बुधबार दिउँसो केपिलासगढी गाउँपालिका–२ बालाबेसी क्षेत्रमा एयर डाइनेस्टीको ‘९एन–एफक्यू’ कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो। उक्त घटनामा काजीबहादुर राई घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते राईलाई सोही कम्पनीको अर्को हेलिकप्टरमार्फत काठमाडौँ ल्याई उपचारको व्यवस्था गरिएको हो।
दुर्घटनाका बेला चालकसहित कुल ६ जना सवार रहेकोमा अन्य पाँच जना सकुशल रहेको जनाइएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।