खेल पर्यटन प्रवर्द्धनार्थ ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’

Thursday May 9, 2024

पढ्न लाग्ने समय :


कर्णाली । कर्णालीको खेल पर्यटन प्रवर्द्धनका लागि ‘काक्रेबिहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम गर्दै ‘ओलम्पिक डे’को अवसर पारेर आगामी असार ७ गते हाफ म्याराथन दौड प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

प्रतियोगिताबारे जानकारी दिँदै कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रमोदजङ्ग हमालले कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने, खेल क्षेत्रको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको तयारी थालिएको बताए ।

“कर्णाली खेल क्षेत्रको उर्वर भूमि हो । खेलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्नुपर्ने उद्देश्य राखेका छौँ”, हमालले भने, “खेलका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न र यहाँको आर्थिक समृद्धिमा यसले ठूलो सहयोग पुग्ने अपेक्षाका साथ म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो ।” प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका साथै यहाँका सबै विद्यालयहरूको प्रतिनिधित्व हुनेगरी दुई हजार विद्यार्थी सहभागी गराइने उनले जानकारी दिए ।

मिड वेस्टर्न फिटनेस सेन्टरका अध्यक्ष सञ्जीव हमालले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु एक लाख, रु ५० हजार, रु ३० हजार र रु २५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । प्रतियोगताको पाँचौँदेखि दशौँ स्थानसम्म आउने खेलाडीलाई जनही रु २५ हजार नै प्रदान गरिने उनले बताए ।

अध्यक्ष हमालका अनुसार प्रतियोगितामा सहभागी हुन आउने सुर्खेत बाहिरका सबै खेलाडीलाई आयोजकले नै खाना तथा आवासको व्यवस्था गर्नेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा सञ्चालन हुने प्रतियोगितामा प्रदेश सरकारको रु तीन लाख र बाँकी आयोजकले व्यवस्थापन गर्नेगरी रु १५ लाख बजेट खर्च हुने जनाइएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।