खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौति भौतिक पूर्वाधार:खेलकुदमन्त्री चौधरी

Sunday December 22, 2024

पढ्न लाग्ने समय :


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौति भौतिक पूर्वाधार रहेको बताउनु भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) पछि रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । उहाले खेलकुद र खेलाडीको बृत्ति विकासका लागि भौतिक पूर्वाधारको अभाव रहेको बताउनु भयो । साथै, युवा तथा खेलकुद मन्त्रालयको बजेट नगरपालिकाको भन्दापनि कम हुँदा काम गर्न नसकिएको उहाले गुनासो पोख्नु भयो ।

मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला, कीर्तिपुर रङ्गशालामा गरी कूल १२ अर्बभन्दा बढीको लागत लाग्ने बताउनु भयो । त्यस्तै, सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो देखिएको पनि उहाले बताउनु भयो । सरकारले खेलाडीहरुको बृत्तिविकास,मनोबल उच्च बनाउन र खेलाडीहरुको आर्थिक आर्जनका लागि नीतिगत निर्णय गर्ने उहाको भनाइ छ । आफू नेतृत्वमा आएको ५ महिनामा पनि नीतिगत क्षेत्रमा धेरै काम भएको र व्यवस्थापनको कोशिस भइरहेको पनि उहाले दावी गर्नु भयो ।

बैंकर्श संघ, आयल निगम,विद्युत प्राधिकरणलगायतका संस्थाहरुसँग खेलाडीको वृत्तिविकास र रोजगारीका लागि छलफल भइरहेको उहाले बताउनु भयो । मन्त्री चौधरीले कीर्तिपुर रङ्गशाला निर्माणका लागि टेण्डर आह्वान भइसकेको र स्रोतसमेत सुनिश्चित भएको जानकारी गराउनु भयो । दोस्रो एनपीएले यो भन्दापनि भव्य र उत्कृष्ट हुनेगरी आफूहरु लागिपर्ने पनि उहाले प्रतिवद्धता व्यक्त गर्नु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।