खेलकुदले राष्ट्रलाई एक बनाउँछः महामन्त्री शर्मा

Saturday November 16, 2024

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलकुदले राष्ट्रलाई एक बनाउने बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको झापा १ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी जनाउँदै उहाँले खेलकुदले राष्ट्रलाई एकढिक्का बनउन मद्दत गर्ने बताउनुभएको हो । उहाँले राजनीतिले फरक—फरक ठाउँ उभ्याएका व्यक्तिहरुलाई खेलकुदले एकै ठाउँमा ल्याउनसक्ने बताउनु भयो । राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु नहुने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, ‘राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु हुँदैन । राजनीति बाहेक जीवनका अन्य धेरै पाटाहरु छन् । राजनीतिले फरक फरक ठाउँ उभ्याएका मान्छेहरुलाई पनि कला, साहित्य, संगीत, खेलकुदले एउटा ठाउँमा उभ्याउँछ । सबैलाई जोड्ने चिज भनेको साहित्य, संगीत, कला हो । यसको मजा अर्कै छ । फुटबलमा जसरी नियममा बाँधिन्छौँ, त्यसरी नै राजनीतिमा पनि सिक्नुपर्छ । स्पोर्ट्सबाट अनुशासन सिक्नुपर्छ ।’

राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्नुपर्ने उल्लेख गर्नुभयो ।


भर्खर

मधेश प्रदेशको बजेट घटेर आयो

ढल्केबर : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड

कञ्चनपुरमा सीमा समस्याबारे नेपाल-भारतका अधिकारीबीच बैठक

कञ्चनपुर : नेपाल-भारत सीमा क्षेत्रमा देखिएका विभिन्न विषयमा छलफल गर्न भारतीय उच्चस्तरीय टोली कञ्चनपुर आइपुगेको

कैलालीको गोदावरीमा वनका कर्मचारीले टेम्पो खसालको घटनामा छानबिन गर्न समिति गठन

धनगढी : कैलालीको गोदावरी नगरपालिका-४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको