क्लिन र ग्रिन ऊर्जामा नेपालले विश्वमा नेतृत्वदायी भुमिका खेल्नसक्छः अध्यक्ष कार्की

Tuesday October 8, 2024

पढ्न लाग्ने समय :


स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले विश्वलाई क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भुमिका खेल्ने बताउनुभएको छ । मंगलवार विश्वमा जलविद्युतमा प्राविधि र बजारका विषयमा भएको अन्तक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । अध्यक्ष कार्कीले  क्लिन र ग्रिन ऊर्जामा नेपाल चाँडै विकसित हुने बाटोमा रहेको बताउनु भयो । उहाँले नेपालमा उत्पादित क्लिन र ग्रिन ऊर्जा भारत र बंलादेशमा निर्यातको बाटो खुला भएको र भारतमा निर्यात गरिरहेको बताउनु भयो ।

उहाँले भारतसँग १० वर्षमा १० हजारमेगावट र बंलादेशसँग ४० मेगावट विद्युत निर्यात गर्ने सम्झौता भएको उल्लेख गर्नुभयो । उहाँले नेपालले सन् २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्ने लक्ष्य लिएको पनि बताउनु भयो । उहाँले नेपाल दक्षिण एशियामा जलविद्युत उत्पादन र स्टोरेजको हब भएको बताउनु भयो । उहाँले अहिले नै नेपालले वर्षातमा विदेशमा १ हजार मेगावट विद्युत निर्यात र सुख्खायाममा नेपालले ७ सय मेगावट विद्युत खरिद गरिरहेको बताउनु भयो । अध्यक्ष कार्कीले प्राकृतिक रुपमा नै धेरै जलविद्युत उत्पादन गर्नसक्ने अवस्था रहेको भन्दै ६ हजार मेगावट भन्दा बढीका २ हजार जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको बताउनु भयो ।

उहाँले अस्टे«लिया विश्वको जलविद्युत उत्पादन र प्रविधिमा अगाडि रहेको भन्दै नेपालमा अस्टे«लियाको प्रविधि आदानप्रदान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल जलविद्युत उत्पादनमा ठूलो सम्भावना बोकेको देश भएको बताउनु भयो । उहाँले अस्ट्रेलियाको जलविद्युत बजार पनि धेरै विकसित र एडभान्स बजार रहेको भन्दै त्यहाँको बजार नीतिका बारेमा पनि नेपालमा जानकारी लिन जरुरी रहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।