कोटेश्वर क्याम्पसले पायो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण

Wednesday July 19, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्राप्त गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगको गत हप्ता बसेको बोर्ड बैठकले देशभरिका कलेजमध्ये कोटेश्वर बहुमुखी क्याम्पससहित दुईवटा कलेजलाई क्यूएए प्रमाणीकरण गर्ने निर्णय गरेको थियो ।

पढाइको गुणस्तर राम्रो भएका, विद्यार्थी सङ्ख्या उल्लेख्य भएका, भौतिक संरचनाको अभाव नभएका, दक्ष जनशक्ति भएकालगायत तोकिएको मापदण्ड पूरा गरेका कलेजलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण गर्ने गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगले अहिलेसम्म देशभरिका साढे छ सयभन्दा बढी सामुदायिक कलेजमध्ये ६२ वटा कलेजलाई क्यूएए प्रमाणीकरण गरेको छ । क्यूएएप्राप्त गरेको अवसरमा कोटेश्वर बहुमुखी क्याम्पसले आज खुसीयालीसहित बधाई कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा क्याम्पसका प्रिन्सिपल गोविन्दबहादुर कार्कीले क्याम्पसले सधैं गुणस्तरीय शिक्षालाई आफ्नो लक्ष्य बनाएर अगाडि बढेकाले विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रमाणीकरण गरेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा कोटेश्वर क्याम्पस अब्बल रहेको यसले प्रमाणित गरेको बताए ।

पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले क्याम्पसका शिक्षक, विद्यार्थी र कर्मचारीको अथक मेहनतका कारण क्यूएए पाएको बताए । उनले भविष्यमा यो कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रका रूपमा विकास गर्ने जिम्मेवारी थपिएको बताए ।

कोटेश्वर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सञ्जय बुढाथोकीले क्यूएए कोटेश्वर क्याम्पसलाई नयाँ पहिचान मात्र नदिएर नयाँ उचाइसमेत दिएको जिकिर गर्दै आफ्नो नेतृत्वमा क्याम्पसमा रहेका पाँचवटै विद्यार्थी सङ्गठनले भविष्यमा कहिल्यै पनि क्याम्पसमा तालाबन्दी नगर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराए ।

क्याम्पसका उपप्राध्यापक डा.बालाचन्द्र अधिकारीले अनुदान आयोगले आफूहरूले गरेको मूल्यवान् कामको सही मूल्याङ्कन गरेर क्यूएए प्रदान गरेकामा धन्यवाद दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरूले अझ बढी मेहनत गर्ने बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामबाबु नेपालले क्यूएए पाएपछि यहाँको पढाइ गुणस्तरीय छ भन्ने प्रमाणित भएको बताए । सामुदायिक क्याम्पसको भीडमा छुट्टै छवि बनाएको क्याम्पसले न्यूनतम शुल्कमा प्लस टु, स्नातक र स्नातकोत्तर तहमा पठनपाठन गरिरहेको छ । यहाँ चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।