कैलाली-५ रास्वपाका चन्द निर्वाचित
पढ्न लाग्ने समय :
धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी भबगका छथ ।
एक लाख १० हजार ५३९ मतदाता रहेको कैलालीमा ६५ हजार ९६३ मत खसेको थियो। चन्दले प्रतिस्पर्धी दलका उम्मेदवारलाई पछि पार्दै जित हात पारेका हुन। निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहकाे ११ हजार ९५८, नेकपाका प्रेमबहादुर आले ७ हजार ८ सय ७६ मत प्राप्त गरेका छन। यस्तै, एमालेका यज्ञराज ढुङ्गाना ५ हजार ८ सय ३९ मत प्राप्त गरे । विजयीपछि चन्दले सबैको जित भएको बताए।