कैलाली–२ एमालेका सूर्यबहादुर थापा २१० मतले अगाडि

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सूर्यबहादुर थापा २१० मतले अगाडि रहेका छन। नेपाली काँग्रेसका उम्मेदवार विजयबहादुर स्वारको मत भन्दा थापाको २१० मत बढी रहेको छ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा चार हजार चार सय आठ मत गणना गर्दा एक हजार दुई सय १६ मत पाएका छन्। नेपाली काँग्रेस उम्मेदवार स्वारको एक हजार छ मत रहेको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नन्दबहादुर साउँदको आठ सय १४ मत रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनालले हालसम्म नौ सय ३३ मत पाएका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा २ लाख ७६ हजार ५६७ मतदाता रहेका छन्। मतगणना जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती