कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाको सुरुवाती अग्रता
पढ्न लाग्ने समय :
धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचनको कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच सय मत गणना हुँदा रास्वपाका उम्मेदवार खेम राज कोइरालाले १८६ मत पाएका छन्।
उनले नेपाली काँग्रेसका उम्मेदवार गोरखबहादुर विष्टको भन्दा ५२ मत बढि पाएका हुन्। विष्टले १३२ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले १०६ मत पाएका छन्। हालसम्म राप्रपाको ६ मत छ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा हालसम्म पाँच सय मत गणना गरिएको छ। पाँच सय मत गणना गर्दा २३ मत बदर भएका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा ६३ हजार ३४ मत खसेको छ।