कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

Sunday January 25, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

गोदावरी नगरपालिका – ८ स्थित शारदा विद्या निकेतनको से १ क ६०४ नम्बर बसको ठक्करबाट गोदावरी–८ स्थित शान्तिटोलका कृष्ण भुलका छोरा तीन वर्षीय नेहान्त भुलको मृत्यु भएको हो।

उनीलाई सोही स्कुलमा अध्ययन गर्ने दिदीलाई छोड्न गएका बेला बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनले बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताए। बस सहित चालक वीर बहादुर विकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।