कैलालीमा सानो आवाज, ठुलो परिवर्तन अभियान, चार समूहमा सेवा

Thursday May 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा सानो आवाज, ठुलो परिवर्तन अभियान सुरु गरिएको छ । धनगढीका केही युवाहरुले सार्वजनिक यातायात, प्रहरी सेवा, स्वास्थ्य सेवा र कानूनसँग सम्बन्धित सेवामा अभियान सुरु गरेका हुन् ।
धनगढीका युवा नितेश जोशीले यी सेवाहरु जनताले ह्वाट्स एपमा गरेको म्यासेजका आधारमा पाउने बताए । अभियानकर्ताहरुले ट्राफिक प्रहरी, नेपाल प्रहरी, कानून व्यवसायी र चिकित्सकहरुको समूहसंग सहकार्य गरिएको बताएका छन् । अभियानकर्ता नितेशले डिजिटल समुहको सुरुवात गरिएको बताए । उनले भने, ‘डिजिटल सोसाइटीको सुरुवात हो। युवाहरुलाई राज्यसँग जोड्ने अभियान हो। विज्ञहरुको सल्लाहामा अभियान सुरु गरेका छौ। राज्यको सेवामा रुपान्तरण खोजेका हौ। चार समूहमा हाल सेवा दिन थालेका छौ।’
अभियानकर्ता युवाहरुका अनुसार सूचना संकलन र कारबाहीका लागि सहज हुने अपेक्षा गरिएको छ । ह्वाट्स एपमा तस्करी, लागुऔषध कारोबार, झगडा लगायतका विषयका सूचनाहरु समूहमा पठाउन सकिने अभियानकर्ता नितेशले बताए। उनले भने, ‘प्रहरीमा अनलाइन उजुरीको सुविधा पनि छ। एक जना कर्मचारी सोही कामका लागि राखिएको छ। सूचना संकलन र कारबाहीको काम उहाँको हुन्छ। फोटो, भिडिओ र सुचनाहरु समूहमा जोले पनि पठाउन मिल्छ। तस्करीका सूचना, लागुऔषधका कुरा, झगडा लगायतका विषयका फोटो, डिभियो तथा सूचनाहरु प्रहरीसँगको समूहमा पठाउन सकिने छ।’
अभियानमा जोडिएका स्वास्थ्यकर्मीहरुसँग बिरामीहरुले परामर्श लिन सक्ने व्यवस्था गरिएको छ । प्राथामिक स्वास्थ्य तथा सुझावका लागि चिकित्सकहरु जेडिएका हुन्। डाक्टरहरु विरेन्द्र भण्डारी, गणेश फुलारा, टेक जोशी र सृष्टी जोशी समूहमा जोडिएका छन्। उनीहरुसँग बिरामीहरुले समूह मार्फत परामर्श लिन सक्ने छन्।
त्यस्तै, कानुन व्यवसायीहरुले सेवाग्राहीलाई कानुनी सेवा दिने छन् । अर्का अभियानकर्ता बिष्णु खड्काले सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान, विद्यालयहरु तथा कलेजहरुमा क्यूआरहरु राखिने बताए।
यो अभियानले सार्वजनिक यातायात, प्रहरी सेवा, स्वास्थ्य सेवा र कानुनसँग सम्बन्धित सेवाहरुमा सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका