कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थीको मृत्यु, देशको सेवा गर्ने सपना अधुरै

Monday May 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडीमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका प्रशिक्षार्थी जवान महेश महताको उपचारका क्रममा सोमवार बिहान मृत्यु भएको हो।

बडीमालिका जवान तालिम शिक्षालयका अनुसार गएराति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि महतालाई उपचारका लागि सशस्त्रको फिल्ड अस्पताल अत्तरिया लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै अत्तरिया अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बिहान साढे ४ बजे उनी बेहोस भएका सशस्त्र प्रहरीको बडीमालिका शिक्षालयले जनाएको छ। चिकित्सकले सवा ५ बजेतिर मात्रै महतालाई मृत घोषणा गरेका थिए।

दार्चुलाको नौगाड गाउँपालिका–१ घर भएका उनी फागुनदेखि सशस्त्र प्रहरीको बडीमालिका तालिम शिक्षालयमा प्रशिक्षार्थी जवानका रूपमा तालिम गरिरहेका थिए। स्वस्थ अवस्थामा रहेका महता एक्कासि बिरामी परेका सशस्त्र प्रहरीले जनाएको छ।

अहिले दार्चुलाबाट उनका बुवा आइरहेका छन्। बुवा पुगेपछि मात्र शव परीक्षणलगायतको प्रक्रिया अघि बढाइनेछ। उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

 


भर्खर

कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थीको मृत्यु, देशको सेवा गर्ने सपना अधुरै

धनगढी : कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडीमालिका जवान

बाजुरामा ढुङ्गा लागेर वृद्धको मृत्यु

बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका–३, पानीपाटा क्षेत्रमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

कञ्चनपुरमा इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना