कैलालीमा वडाध्यक्षले चलाएको गाडीले ठक्कर दिदा युवतीको मृत्यु
पढ्न लाग्ने समय :
धनगढी : कैलालीमा वडाध्यक्षले चलाएको गाडीले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।
जिल्लाको कैलारी गाउँपालिका–७ का वडाध्यक्ष दीपेन्द्र बमको गाडीले ठक्कर दिदा ३५ वर्षीया इप्सा चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार कैलारी गाउँपालिका–१ हुलाकी राजमार्गमा मङ्गलवार दिउँसो ४० वर्षीय वडाध्यक्ष दीपेन्द्र बमले चलायएको भे १ च ४२७५ नम्बरको गाडीले इप्सा चौधरीले चलाएको से ५ प २७८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कैलारी गाउँपालिका–५ की चौधरीको टाउको र शरिरमा चोट लागेको थियो। उनको उपचारका लागि धनगढीको नवजीवन अस्पताल पठाएको थियो। नवजीवन अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले बताएको छ।
वडाध्यक्ष बमको मुखमा चोट लागेको छ। सोही गाडीमा सवार ५० वर्षीय तारा चौधरी, ३१ वर्षीय कमलेस चौधरी र बालिराम चौधरीको धनगढीमा उपचार हुँदैछ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।