कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

Friday February 20, 2026

पढ्न लाग्ने समय :


धनगढी: कैलालीको गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। शुक्रवार साँझ सुदूरपश्चिम प्रदेश ०१-००९ प ७५८१ र  सुदूरपश्चिम प्रदेश ०१-०१० प ३१८७ नम्बरको अर्काे मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा धनगढी उपमहानगरपालिका -२ सन्ताेशी टाेल बस्ने २२ वर्षीय हरिश ओली,  गाैरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय याेगेन्द्र शाह र गाेदावरी नगरपालिका-१ बस्ने २६ वर्षीय  हरि पार्कीकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा गोदावरी नगरपालिका–६ बस्ने २३ वर्षका जीवन पाठक घाइते छन्।

उनकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको छ। दुई माेटरसाइकल आपसमा कसरी ठाेक्किएका थिए ? भन्ने कुरा यकिन भने भइनसकेकाे प्रहरीले जनाएको छ।

मृतक र घाइते काे कुनमा सवार थियाे ? भन्ने कुरा पनि नखुलेको प्रहरीकाे भनाइ छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।