कैलालीमा भारततर्फ जाँदै गरेकी महिलाको उद्धार

Sunday July 12, 2026

पढ्न लाग्ने समय :


धनगढी :  सशस्त्र प्रहरीले भारततर्फ एक्लै जाँदै गरेकी एक महिलालाई सीमावर्ती क्षेत्रबाट उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म गुलरियाघाट, कैलालीबाट खटिएको चेकपोस्ट टोलीले शनिबार कैलालीको भजनी नगरपालिका-५ स्थित गुलरियाघाट सीमावर्ती क्षेत्रमा भारततर्फ जाँदै गरेको अवस्थामा ती महिलालाई उद्धार गरेको हो ।

सशस्त्र प्रहरीले ती महिलामाथि शंका लागेपछि रोकी आवश्यक सोधपुछ गरेको थियो । महिलाको अवस्था र यात्राको उद्देश्यबारे प्रारम्भिक जानकारी संकलन गर्नुका साथै परिवारसँग समन्वय गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसपछि आवश्यक सुरक्षा तथा संरक्षणको व्यवस्था मिलाउँदै उनलाई थप प्रक्रिया र संरक्षणका लागि नेपाल प्रहरी तथा शान्ति पुनःस्थापना गृहको जिम्मा लगाइएको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।