कैलालीमा परालको थुप्रोमा किशोरीमाथि बलात्कार

Tuesday March 31, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय टिकापुरले जानकी गाउँपालिका–७ टिक्लीगढकी १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा सोही स्थानका २१ वर्षीय अमन चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले चौधरीले घर नजिकै खेतमा राखिएको परालको थुप्रोमा लगेर किशोरीमाथि बलात्कार गरेको जाहेरीपछि उनलाई पक्राउ गरिएको हो । इप्रका टीकापुरमा पीडितकी आमाले जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि प्रहरी निरीक्षक निरक रावलको कमाण्डमा खटिएको टोलीले चौधरीलाई उनकै घरबाट पक्राउ गरेको डीएसपी तिमिल्सिनाले बताए ।

प्रहरीका अनुसार घटना १२ चैतको साँझ करिब ७ बजेतिर भएको थियो । चौधरीलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


भर्खर

दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले

भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ।

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।