कैलालीमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

Monday February 16, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा सडक दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका र चुरे गाउँपालिकाको सिमानामा टिप्पर र मोटरसाइकल ठोक्किँदा धनगढी उपमहानगरपालिका–४ का ५५ वर्षीय शिव बमको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज खानीडाँडा पिकनिक पार्क नजिक बागमती प्रदेश ०२–०३५ प. ३८०२ नम्बरको मोटरसाइकल र मधेश प्रदेश ००३–००१ क. ३११७ नम्बरको टिप्पर एकआपसमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर बमलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुरÞ्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यसैगरी, मोटरसाइकलमा सवार यम बम घाइते छन्। डडेल्धुराको अमरगढी–१ घर भएका चालक हिक्मत दियाललाई टिप्परसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।