कैलालीमा ठुलो पुरस्कार रासीको रियालिटी सो हुँदै

Saturday February 14, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा ठुलो पुरस्कार रासीको रियालिटी शो हुने भएको छ। कैलालीमा सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ रियालिटी शो हुने भएको हो।

बैशाख ५ गतेदेखि सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ रियालिटी शो आयोजन गर्न लागेको शनिस्चर म्युजिक कम्पनी प्रालीले बताएको छ। शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूर र कर्णालीका कला, भाषा, संस्कृती हरुको जगेर्ना र उजागर गर्ने उदेश्यले शो को आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुदिप जोशीले बताए। २०८३ असोज १ गते शो को ग्राण्ड फिनाले हुने जोशीले बताए। रियालिटी शोमा गायनतर्फ १२ र नृत्यतर्फ पनि १२ गरि जम्मा २४ एपिसोडहरु हुने जोशीले बताए। उनले भने, ‘प्रथम पुरस्कार २ लाखको हुने छ। मलेसियामा सम्मान गर्नछौ।’

शोको प्रथम पुरस्कार नगद २ लाखसहित ४ लाख बराबरको म्युजिक भिडियो/अडियो कन्ट्र्याक्ट तथा थाइल्याण्ड, सिंंगापुर र मलेसिया टुर रहने छ। दोस्रो पुरस्कार नगद एक लाख ५० हजारसहित २ लाख बराबरको भिडियो/अडियो कन्ट्र्याक्ट, तेस्रो पुरस्कार नगद ५० हजारसहित एक लाख बराबरको अडियो÷म्युजिक भिडियो कन्ट्र्याक्ट, चौथो पुरस्कार नगद ३५ हजारसहित नगद ५० हजार बराबरको कन्ट्र्याक्ट र पाँचौ पुरस्कार नगद ५ हजारसहित २५ हजार बराबरको कन्ट्र्याक्ट रहेको छ।

शो का लागि फागुन १ गतेदेखि अडिशनको फाराम खुल्ला गरिएको छ। २०८३ वैशाख ५ गतेदेखि सुदूरपस्चिमका १० र कर्णालीका ७ स्थानमा अडिसन हुने आयोजकले जनाएको छ। जसमा कैलालिका धनगढी र लम्की तथा अन्य दुई स्थानमा, कञ्चनपुरको महेन्द्रनगर, बैतडीको खलंगा, डडेल्धुराको बागबजार, डोटीको दिपायल, अछमको साँफे, बाजुराको मार्तडी, दार्चुलाको खलंगा र बझाङको चैनपुर रहेका छन। कर्णालीमा आयोजकले सुर्खेत बजार, सल्यानको खलंगा, कालिकोटको मान्मा, जुम्लाको खलंगा, जाजरकोटको खलंगा, हुम्लाको सिमिकोट र दैलेख बजारमा अडिसन गर्ने जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।