कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

Thursday April 16, 2026

पढ्न लाग्ने समय :

फाईल फोटो

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
वैशाख २ गते बेलुका  लम्कीचुहा नगरपालिका वडा नं. ५ चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरले घर नजिकै सडकमा खेलिरहेकी ६ वर्षीया डिनल चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा बर्दगोरिया अस्पताल, बहुनियामा मृत्यु भएको हो।
घटनापछि ट्याक्टर र चालक, सोही स्थानका ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।