कैलालीमा गहुँ खरिद सुरु

Wednesday April 29, 2026

पढ्न लाग्ने समय :


धनगढीः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ।

कम्पनीले मंगलवारबाट जिल्लाका दुई स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो। जिल्लाको मोहनपुर र टीकापुर गोदामबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए। सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार ९४५ रुपैयाँ रहेकामा खाद्य कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले चार हजार २५० रुपैयाँमा गहुँ खरिद गर्न लागेको उनले जानकारी दिए। उनले भने, “कम्पनीको जिल्लामा गहुँ खरिद कोटा १० हजार क्विन्टल रहेको छ। प्रतिकिसानबाट बढीमा ७० क्विन्टलका दरले र कृषिसम्बन्धी सहकारीबाट प्रति सहकारी बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना छ।” उनले स्थानीय तहहरूले गोदाम उपलब्ध गराए जिल्लाका अन्य ठाउँबाट पनि गहुँ खरिद गरिने बताए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।