कैलालीमा एक महिलाले बाटोमै शिशुलाई जन्म दिइन्

Tuesday March 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा सुत्केरी व्यथा लागेपछि स्वस्थ केन्द्र जाने क्रममा महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छन्। जिल्लाको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया दुर्गा विकले सोमवार बाटोमै शिशुलाई जन्म दिएकी हुन्।

उनी प्रसूति गराउन बुढीआमदेखि फल्लेबिसौँना आधारभूत स्वास्थ्य केन्द्र आइरहेकी थिइन्। सोही क्रममा बाटोमा पर्ने जंगलमा नवजात शिशुलाई जन्म दिएको स्वास्थ्य केन्द्रकी अनमी रूपा खत्रीले बताइन्।

स्वास्थ्य केन्द्रबाट खत्रीसहितका स्वास्थ्यकर्मी एम्बुलेन्स लिएर बिकले शिशु जन्म दिएको ठाउँमा पुगेर सहयोग गरेका थिए। स्वास्थ्य केन्द्रमा सामान्य हेरचाहपछि आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य भएका कारण डिस्चार्ज गरिएको छ।

केन्द्रले उनीहरूलाई एम्बुलेन्सबाटै घरसम्म छाडिएको जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।