कैलालीबाट एक प्रहरी जवान सम्पर्क विहीन

Wednesday March 25, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीबाट एक प्रहरी जवान सम्पर्कविहीन भएका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–९ पनउलीका २४ वर्षीय प्रहरी जवान टेक बहादुर साँउद सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले डडेल्धुराबाट रवाना भएर सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण, धनगढी आउने क्रममा उनी सम्पर्कविहीन भएको बताएको छ।

साउँद से ३ प ९८३८ नम्बरको पल्सर मोटरसाइकलमा डडेल्धुराबाट आएका थिए। सोमवार अत्तरियामा देखिएका उनी मोटरसाइकलसहित सम्पर्कविहीन भएका छन।

परिवारको समेत सम्पर्कमा नआएपछि उनका दाजु नाता पर्ने सुरत तमोलीले बुधवार खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।