कैलालीको स्याउलेमा झन्डै नौ लाख सहयोगमा अस्थाइ ट्राफिकको भवन निर्माण

Monday March 23, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको स्याउले बजारमा झन्डै नौ लाख रुपैयाँको लागतमा ट्राफिक प्रहरी पोस्टको भवन निर्माण गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–८ स्थित स्याउलेमा अस्थाइ ट्राफिक प्रहरी पोस्टको उद्धघाटन गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम बहादुर रानाले नवनिर्मित उक्त दुई कोठे भवनको सोमवार उद्धघाटन गरेका छन।

उद्धघाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदम बहादुर विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रेम बहादुर शाही लगायत विभिन्न सुरक्षा निकायका प्रमुख,प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।

स्याउले अस्थाइ ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी हवलदार विर बहादुर विष्टको पहलमा स्थानीयको सहयोगमा उक्त भवन निर्माण गरिएको स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताए। उनले भने, ‘हामीले सहयोग मात्र गरेका हौ। उहाँहरूले आफै बनाउनु भएको हो। विभिन्न व्याक्तिहरूबाट सहयोग मागेरै भवन बनेको हो।’

सुर्योदय सामुदायिक वनको क्षेत्रमा निर्माण भएको भवनमा स्थानीयले जिन्सी तथा नगद गरी करिब ८ लाख ८१ हजारमा उक्त भवन निर्माण भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी शाहीले बताएका छन्। भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ।

भवन निर्माणमा अहोरात्र खटिएर सहयोग सङ्कलन गरेकोमा उनले स्याउले अस्थाइ ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी हवलदार विष्टलाई धन्यवाद व्यक्त गरे।

यसअघि भवन अभावमा स्याउले अस्थाइ ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी कर्मचारीहरू करिब ७ महिनादेखि वनले बाख्रा थुन्न निर्माण गरेको कटेरोमा बसेर सेवा प्रदान गर्दै आइरहेका थिए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।