कैलालीको वनबाट बेवारिसे भरुवा बन्दुक बरामद

Friday July 10, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको वनबाट बेवारिसे भरुवा बन्दुक बरामद गरिएको छ। कैलाली प्रहरीले जिल्लाको कैलारी गाउँपालिका–५ स्थित पवेरा सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी टोलीले वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त एकनाले भरुवा बन्दुक फेला पारेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बन्दुक जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बेवारिसे अवस्थामा भेटिएको हतियारको स्रोत र कसले त्यहाँ लुकाएको भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।