कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

Saturday February 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–१०, चुहा नजिकै ट्रकको ठक्करबाट एक बालको मृत्यु भएको हो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लम्कीचुहा–८ का १५ वर्षीय शिरीष भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम प्रदेश ०१–००१ ख २८५० नम्बर ट्रकले ठक्कर दिँदा साइकल सवार भण्डारी गम्भीर घाइते भएका बताएको थियो। उनको लम्कीस्थित लालरत्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। शनिवार बिहान मृतकका आफन्त, स्थानीयले महेन्द्र राजमार्गमा उचित क्षतीपूतिको माग गर्दै चक्का जाम गरेका छन्।

ट्रक चालक ३९ वर्षीय रामदत्त भट्ट र ट्रक प्रहरी नियन्त्रण रहेको जनाइएको छ। पीडित पक्षसँग छलफल गरी बाटो खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।