कैलालीको मंगलपुरमा स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

Monday April 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको मंगलपुरमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ मंगलपुरमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ५९२९ नम्बरको स्कुटर आइतवार राति दुर्घटना भएको हो।

स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा घोडाघोडी नगरपालिका वडा नम्बर ८ आमखैयाका २३ वर्षीय रोशन चौधरीको मृत्यु भएको छ। नेपाल प्रहरीले दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताएको छ। दुर्घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।