कैलालीको बाँकी चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार जित नजिक

Saturday March 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको बाँकी चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु जित नजिक पुगेका छन्।

प्रतिनिधि सभा सदस्य, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका कोमल ज्ञवाली विजयी भएकी छन्। अन्य चार निर्वाचन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू जितको नजिक रहेका छन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्द विजयीको चरणमा पुगेका छन्। उनले हालसम्म ३१ हजार नौ सय ५३ मत ल्याएका छन्। नेपाली काँग्रेसका उम्मेदवार नरनारयण शाहको ११ हजार नौ सय ५८ मत रहेको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेको सात हजार आठ सय ७६ मत रहेको छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा रािष्ट्रय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइराला अगाडि छन्। उनको १४ हजार सात सय ६२ मत पुगेको छ। नेपाली काँग्रेसका उम्मेदवार गोरखबहादुर विष्टको पाँच हजार तीन सय १२ मत छ। एमालेका उम्मेदवार लेखराज भट्टको चार हजार एक सय ५४ मत मात्र पुगेको छ।

शनिवार दिउँसोसम्म जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार जगतप्रसाद जोशीको १५ हजार आठ सय ४२ मत पुगेको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विरमान चौधरीको १० हजार २ सय २७ मत पुगेको छ। नेपाली काँग्रेसका उम्मेदवार भीम बडुवालको सात हजार ६ सय ७७ मत रहेको छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मासमेत रास्वपाका उम्मेदवार केपी खनालको चार हजार आठ सय ५३ मत पुगेको छ। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पतिराम चौधरीको तीन हजार चार सय ५६ मत रहेको छ। एमालेका उम्मेदवार सूर्यबहादुर थापाको २ हजार सात सय ७८ मत रहेको छ। कैलालीमा बाँकी रहेका चार वटा निर्वाचन क्षेत्रहरूमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू जितको नजिक देखिएका हुन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।