कैलालीको बर्दगोरियामा माध्यमिक तहको शिक्षा निःशुल्क

Friday June 12, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा लागु गर्ने भएको छ । माध्यमिक तह कक्षा-१२ सम्म निःशुल्क अध्ययन सम्बन्धी कार्यविधि २०८३ गाउँकार्यपालिकाले वैशाख ८ गते स्वीकृत गरेको छ । जेठ १३ गते प्रमाणीकरण भएको कार्यविधिलाई जेठ २६ गते स्थानीय राजपत्रमा प्रकाशित भएको छ ।
आर्थिक अभावका कारण माध्यमिक तह कक्षा- १२ सम्म को शिक्षाबाट कुनै पनि विद्यार्थी वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले गाउँ सरकारले यस्तो नीति अघि सारेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । “शिक्षामा सबैको पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गरी समग्र शिक्षा क्षेत्रमा सुधार गर्न हामी गम्भीर भएर लागेका छौ । माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गर्ने राष्ट्रिय अवधारणा र जनताको मौलिक हकको कार्यान्वयनमा सहयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।” उनले भने, गाउँपालिकाले कक्षा-१० सम्मको निःशुल्क शिक्षा यस अघि नै कार्यान्वयनमा ल्याएको छ ।
माध्यमिक तह कक्षा-१२ सम्म निःशुल्क अध्ययन सम्बन्धी कार्यविधि २०८३ कार्यान्वयनको अवस्था तथा अनुगमनका लागि अनुगमन समिति बन्ने छ । कार्यविधि अनुसार गाउँपालिका अध्यक्ष अनुगमन समितिको संयोजक रहने छन् भने पालिकाका उपाध्यक्ष, संयोजकले तोकेको एक जना महिला कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत समितिका सदस्य रहने छन् । यस्तै पालिकाका शिक्षा शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । हाल बर्दगोरियामा माध्यमिक तह कक्षा-१२ सम्म ६ वटा संस्थागत विद्यालयको सञ्चालनमा रहेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।