सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्त
पढ्न लाग्ने समय :
धनगढी : कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्त गरिएको छ ।
मङ्गलवार शिक्षा मन्त्रालयमा बसेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको दोस्रो बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्त गरेको हो।
शिक्षा मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभाले उपकुलपतिमा प्रा।डा। सुनील कुमार जोशी र रजिस्ट्रार डा। खेमराज जोशीलाई नियुक्त गरेका छ।
यसअघि विश्वविद्यालयको पहिलो सभाले उपकुलपति तथा रजिस्ट्रार छनोट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसका आधारमा दोस्रो सभाले उपकुलपति तथा रजिस्ट्रार नियुक्त गरेको हो।
सिफारिस समितिले उपकुलपतिका लागि एक जना र रजिस्ट्रार लागि ३ जनाको नाम सिफारिस गरेको थियो । रजिस्ट्रार लागि सिफारिस गरिएको २ जनाको नाम वैकल्पिक सूचीमा राखिएको छ।
सिफारिस समितिले उपकुलपतिका लागि आवेदन नपरेपछि तेस्रो पटक सूचना जारी गरेपछि मात्रै २ जनाको आवेदन परेको थियो। सिफारिस समितिले उपकुलपतिका लागि कात्तिक १६ गते प्रथम पटक र कात्तिक ३० गते दोस्रो पटक र मङ्सिर २३ गते तेस्रो पटक आवेदन माग गरेको थियो।