कैलालीको गोदावरीमा क्षेत्रीय सहरीका आठ सडक निर्माणको काम सुरु

Monday February 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गोदावरी नगरपालिकामा क्षेत्रीय सहरी विकासमार्फत आठ वटा सडक निर्माणको काम सुरु भएको छ। एसियाली विकास बैंक (एडिबि)को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना मार्फत सडक निर्माणको शिलान्यास गरिएको हो।

कुल ३२ करोड ५९ लाखमा उक्त सडकहरू निर्माणको जिम्मा एम÷एस केएसएनएस–बिसिपिएल जेभिले पाएको छ। निर्माण कम्पनीका इन्जिनियर भूपेन्द्र कुमार मण्डलले नगरका विभिन्न ८ वटा सडकहरू निर्माण गरिने बताए। उनले आठ दशमलव २३ किलोमिटर सडक निर्माण गरिने बताए। उनका अनुसार निर्माण हुने सडकहरूमा ड्रेन, केही भागमा फुटपाथ र स्ट्रिट लाईटको पनि व्यवस्था रहेको छ। यस्तै, स्विपिङ मेसिन र सिभरजेट मेसिन पनि प्रोजेक्ट अन्तर्गत रहेको इन्जिनियर मण्डलले बताए।

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले २ वर्ष अघिदेखीको मेहनत बल्ल आएर सफल भएको बताए। उनले धेरै प्रयास पश्चात् नगरका ८ वटा सडकहरु निर्माणका लागि बजेट ल्याउन सकिएको बताए। उनका अनुसार बिजौरादेखि आँखा अस्पताल हुदैँ ६ लेन सडक जोड्ने बाटो, मालाखेती अस्पतालदेखि कृष्णमन्दिरसम्मको बाटो, ग्वासी मावि हुदै फल्टुडे जोड्ने सडक, अत्तरिया–रिङरोड, शान्तिमार्ग रोड, लालपुर गौडी रोड लगायत रहेका छन।

नगरप्रमुख भट्टले उक्त सडकहरू निर्माणको ठेक्का पाएको निर्माण कम्पनिले समय अगावै गुणस्तरिय कार्य गरि सम्पन्न गर्ने कुरामा आफू विश्वस्त रहेको बताए। ‘उहाँहरू (ठेकेदार कम्पनि) ले यसअघि हाम्रो नगरमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य पनि समय अगावै गर्नुभएको थियो’ उनले भने ‘अहिले यि सडकहरू निर्माणको काम पनि सोही कम्पनीले पाएको छ, त्यसैले विगतमा जस्तै अहिले पनि सडक निर्माणको काम गुणस्तरीय रूपमा छिट्टै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु।’

उनले एडिबिको सहयोगमा निर्माण हुन लागेका सडकहरू निर्माण सम्पन्न भए यहाँका स्थानियहरूलाई एकदमै ठुलो राहत हुने बताए। एडिबिसँग अन्य विकास निर्माणका विभिन्न योजनाहरू माग गरेको समेत नगरप्रमुख भट्टको भनाई छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।