कैलालीका सीमा नाका तीन दिन बन्द गरिने

Tuesday February 24, 2026

पढ्न लाग्ने समय :


धनगढी:   कैलालीका सीमा नाका तीन दिन बन्द गरिने भएको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राखेर नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

प्रशासन कार्यालयले एक सुचना जारी गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका सम्पूर्ण सीमा नाकाहरू फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ राति १२ बजेसम्म बन्द रहने जनाइएको छ।

सूचना अधिकारी शिवराज जोशीद्धारा जारी सूचनामा फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, ट्याङ्कर, दमकल, दुरसञ्चार सेवा, शव बहान, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधन र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा निषेध गरिएको उल्लेख छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।