कैलालीका सबै पालिकामा रास्वपाको नेतृत्व चयन

Tuesday June 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीका १३ वटै पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयन गरिएको छ । पालिकास्तरीय प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । केहीबाहेक प्रायः सबै पालिकामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन भएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिकाको सभापतिमा तुलाराम खनाल, टीकापुर नगरपालिकाको सभापतिमा गोविन्द विष्ट, जानकी गाउँपालिकाको सभापतिमा कलावती चौधरी चयन भएका छन।

यस्तै जोशीपुर गाउँपालिकामा विनोद चौधरी, लम्कीचुहा नगरपालिकामा नामकर खनाल, मोहन्याल गाउँपालिकामा महेश विष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । बर्दगोरिया गाउँपालिकामा केशव भण्डारी, घोडाघोडी नगरपालिकामा नारायण भण्डारी, गौरीगङ्गा नगरपालिकामा सागर सिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । यसै गरी कैलारी गाउँपालिकामा रेबन्त बोहोरा, भजनी नगरपालिकामा भरत साउँद, गोदावरी नगरपालिकामा आशिष धामीको नेतृत्वमा रास्वपाको नयाँ कार्यसमिति गठन गरिएको छ ।
सबै पालिकामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन भएको रास्वपाको सार्वजनिक मामिला विभागका केन्द्रीय सदस्य हरि रेग्मीले जानकारी दिए। यद्यपि कैलारी गाउँपालिकामा भने सभापतिका लागि रेबन्त बोहोरा र जितबहादुर चौधरीबिच प्रतिस्पर्धा भएको थियो । दुवै जनाले बराबर २३/२३ मत प्राप्त गरेपछि गोला प्रथाबाट बोहोरा कैलारीको सभापति चयन भएका थिए। १३ वटै पालिकामा नयाँ कार्यसमिति चयन गरिसकेको रास्वपा कैलालीको आइतबवरदेखि जिल्ला सम्मेलन सुरु गरेको थियो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।