कैलालीका किसानलाई वर्षाले राहत

Tuesday June 30, 2026

पढ्न लाग्ने समय :


धनगढी  : खडेरीका कारण रोपाइँ गर्न र रोपाइँ गरिएको धान जोगाउन समस्या भोग्दै आएका कैलालीका किसानलाई लामो पर्खाइपछि वर्षाले राहत दिएको छ ।

मङ्गलबार बिहानदेखि परेको वर्षाले किसानलाई राहत पुगेको हो । यहाँ बिहान ३ बजेदेखि निरन्तर मध्यम वर्षा भइरहेको छ । वर्षाको पानीले खेतमा सिँचाइ भएपछि किसान खुसी भएका छन् । उनीहरूले रोपाइँ गर्न अब सहज हुने बताएका छन् ।
यसैगरी सुकिरहेको धानबालीलाई पनि फाइदा पुगेको कृषक समीक्षा चौधरीले बताए। पानी नपर्दा रोपो सुकेर मर्न थालेको उनले उल्लेख गरे।

मध्य असारसम्म जिल्लामा करिब ४० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । जिल्लाभर ६३ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेकबहादुर विष्टले बताए। ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।