केपी ओली कपको तेस्रो संस्करण फागुन ११ देखि

Wednesday January 29, 2025

पढ्न लाग्ने समय :


केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनको दोस्रो सातादेखि शुरू हुने भएको छ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कपको तेस्रो संस्करण हुन लागेको हो । युवा संघले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा ए डिभिजन क्लव र विदेशी गरी कुल १० टोलीले प्रतिष्पर्धा गर्नेछन् । आयोजककाअनुसार प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइलका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएका छन् ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले युवालाई खेलकुदमा जोड्ने उद्देश्यअनुरूप युवा संघका संस्थापकको नामबाट प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए । विजेताले १५ लाख ११ हजार ११ हजार १११ रूपैयां र उपविजेताले पाँच लाख रूपैयांसहित ट्रफी पाउने भएका छन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउने आयोजकको भनाइ छ । म्यान अफ दी म्याचले १५ हजार रूपैयाँ पाउने भएका छन् । हरेक खेल जितेबापत पनि टोलीले २५ हजार रूपैया प्राप्त गर्ने युवा संघले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।