कुशल भुर्तेलको दमदार ब्याटिङसँगै नेपाल ९ विकेटले विजयी

Saturday May 16, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : कुशल भुर्तेलको दमदार ब्याटिङसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई निरिह बनाएको छ। शनिवार सम्पन्न खेलमा पाहुना टोलीमाथि नेपालले ९ विकेटको जित निकालेको हो।

जितसँगै नेपालले अमेरिकाविरुद्धको घरेलु खेलमा अपराजित यात्रा कायम राखेको छ। नेपालले लिग २ को अघिल्लो च्रकमा अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो। ८ फेब्रुअरी २०२० मा भएको पहिलो खेलमा नेपाल ३५ रनले विजयी भएको थियो। त्यसको चार दिनपछि भएको अर्को खेलमा भने नेपालले ८ विकेटको जित निकालेको थियो। त्यसयता यी दुई टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलोपल्ट भिडेका हुन्।

यो जितसँगै नेपालले २६ खेलबाछ २० अंक पु¥याएको छ। यद्यपि, नेपाल सातौं स्थानमा यथावत् छ। एक खेल बढी खेलेको अमेरिका ३६ अंक जोड्दै दोस्रो स्थानमा यथावत् छ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाउँदै १९९ रन बनायो। नेपालका ओपनर कुशलले सर्वाधिक १२० रन बनाए। ११८ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे।

कुशलले करिब ३ वर्षपछि ओडीआईमा दोस्रो शतक प्रहार गरेका हुन्। उनले यसअघि १४ फेब्रुअरी २०२३ मा नामिबियाविरुद्ध कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै भएको खेलमा शतक प्रहार गरेका थिए। उक्त खेलमा ११३ बल खेलेका उनले १० चौका र ४ छक्कासहित ११५ रन बनाएका थिए।

कुशलसँग अर्का ओपनर आसिफ शेखले १४५ रनको विशाल साझेदारी गर्दै टोलीलाई जितनजिक पु¥याएका थिए। उनले ७२ बलमा ८ चौकासहित ५८ रनको योगदान दिए।

डेब्युटेड इशान पाण्डे २० रनमा अविजित रहे।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका