कास्की र दाङ कारागारबाट कैदीबन्दी निस्किए

Tuesday September 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।

जेनजी प्रदर्शनकारीहरुले कारागारमा आक्रमण गरेपछि कास्की र दाङ कारागारबाट एक हजार एक सय भन्दा बढी कैदीबन्दी निस्किएका छन् । मंगलबार दिउँसो कारागारको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी साँझ परेसँगै फर्किएको थियो । त्यसपछि जेनजी प्रदर्शनकारीहरु कारागार प्रवेश गरेका थिए । कास्कीबाट ९ सय भन्दा बढी कैदीबन्दी निस्किएको प्रहरीले जनाएको छ । कास्की कारागार प्रशासनका अनुसार कारागारमा ९८१ जना कैदीबन्दी रहेका थिए ।

त्यस्तै, तुलसीपुर कारागारबाट एक सय २४ कैदीबन्दी निस्किएका छन् । र्मगलबार साँझ पाँच बजेतिर कारागारको मूल गेटको पर्खाल तोडेर कैदीबन्दीहरु निस्किएको बताइएको छ ।

जेनजी प्रदर्शनकारीहरुले कारागारभित्र होहल्ला गर्दै गेट तोड्न खोजेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाई फायर गरेका थिए । तर, कैदीबन्दीहरु निस्किएको कारागार प्रमुख गिरबहादुर सेजुवालले बताए ।

एउटा ब्लकमा बसेका कुल एक सय ७९ कैदी बन्दी मध्य एक सय २४ जना जेल तोडेर भागेपनि थप ५५ जना भने आफूहरू नजाने भन्दै कारागार भित्रै बसेको कारागार प्रमुख सेजुवालले बताए ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका