कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई

Thursday April 18, 2024

पढ्न लाग्ने समय :


गलकोट (बागलुङ) । चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले जितेको छ । उपाधिका लागि आज भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोझो सेटमा घुम्टे रेष्टुरेन्टलाई पराजित गर्दै उपाधि जितेको हो । योसँगै आर्मी क्लबले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

आर्मीसँग हारेको घुम्टे रेष्टुरेन्टले उपाधिको दोस्रो पुरस्कारमा चित्त बुझाएको छ । फाइनल खेलको पहिलो सेटमा त्रिभुवन आर्मीले घुम्टे रेष्टुरेन्टलाई २५–१८, २५–१२ र २५–२२ अङ्कले पराजित गरेको थियो । बुधबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले कस्तुरी युवा क्लब र बागलुङ घुम्टे रेष्टुरेन्टले कालिका युवा क्लबलाई सोझो सेटमा पराजित गरेका थिए । उपाधिको तेस्रो पुरस्कार भने कालिका युवा क्लबलाई सोझो सेटमा हराउँदै कस्तुरी युवा क्लबले हात पारेको छ ।

प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार र तृतीयले रु एक लाख पुरस्कार प्राप्त गरेका भलिबल खेल संयोजक अर्जुन खड्काले जानकारी दिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।