कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

Saturday February 8, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताउनुभएको छ । शनिवार काठमाडौंमा नेपाल पुलिस क्लव द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताउनुभएको हो । उहाँले ६ वटा अध्यादेशबाट २९ वटा कानून संशोधन गर्ने बताउनु भयो । उहाँले कानूनका कमी, कानून कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनता दुःखी भइरहेको उल्लेख गर्नुभयो । उहाँले कानून कार्यान्वयनको उल्झनका कारण नागरिकमा वितृष्णा पैदा हुने गरेको बताउनु भयो । उहाँले कानूनका जटिलता र कानून कार्यान्वयका ढिलासुस्तीलाई उल्झनलाई हटाउन अध्यादेश ल्याइएको बताउनु भयो । देशको हित, विकास, शान्ति सुरक्षा, अमन चयनका लागि अध्यादेश ल्याइएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले सामाजिक सञ्जालबाट हुने अपराध, साइबर क्राइम जस्तो अपराध, अरु विभिन्न प्रकारका ट्राफिकिङका अपराध, ड्रग्स बहुत भयावह ढंगले बढेको छ । कानूनका कमी, कानून कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनतालाई जुन दुःख पाइरहेका छन्, यसले पनि मान्छेप्रति वितृष्णा, घृणा फैलिने काम हुन्छ र यि कुराहरुलाई हटाउनु पर्छ । कानूनका जटिलतालाई पनि हटाउनु पर्छ, तोड्नपर्छ । कानून कार्यान्वयनका ढिलासुस्ती लगायतका अनेक उल्झनहरुलाई पनि हामीले हटाउनु पर्छ । त्यसै कारण २९ वटा कानून संशोधन गर्ने ६ वटा अध्यादेश हामीले ल्याएका छौँ । ति अध्यादेशहरु पारित गरेर हामी अगाडि बढ्नेछौँ । यो सरकारले आफ्नो हितका लागि होइन, देशको हित, विकासका लागि, देशको शान्ति सुरक्षा, अमन चयनका लागि ल्याएको हो । कानून जनताका लागि, समाज, विकास, शान्ति सुव्यवस्थाका लागि ल्याएका हौँ । हामी कानून बनाउँछौँ र कार्यान्वयन गर्दछौँ ।’

प्रधानमन्त्री ओलीले नेपाल प्रहरी आफन्तहरुको संस्था नभइ सबै प्रहरीको घर भएकाले कार्य सम्पादनका आधारमा बढुवा हुनुपर्ने बताउनु भयो । प्रहरी संगठन देशका लागि हो भन्नेकुरामनन गर्नुपर्ने बताउनु भयो । नेपाल प्रहरी स्वाभिमानी संस्था भएकाले देशको आवश्यकता विपरितका कामहरु प्रहरीबाट हुनु नहुने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।